Homeसमाचारनेपालअवरुद्ध संसद खुलाउन अब काँग्रेसले पहल गर्नुपर्छः सिंह

अवरुद्ध संसद खुलाउन अब काँग्रेसले पहल गर्नुपर्छः सिंह

अवरुद्ध संसद खुलाउन अब काँग्रेसले पहल गर्नुपर्छः सिंह

काठमाडौं, 12 अगस्ट 2023

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् । आज कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेको  कार्यक्रममा बोल्दै नेता सिंहले निरन्तर संसद अवरोध गर्नु उचित नभएको भन्दै ठूलो दलको हैसियतमा कांग्रेसले अवरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताए ।

नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालले सबैभन्दा बढी त्याग गर्नु पर्ने बताए ।

उनले भने, ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ, यो संसद अवरुद्ध भइरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अवरोध हटाउन पहल गर्नुपर्छ ।’

अवरुद्ध

बिगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै बिषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताएका छन । १०० केजी सुन प्रकरण भन्सारवाट निकाले पछि राजश्व अनुसन्धान बिभागले समाएको थियो ।

साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरुद्ध गर्दै आएको छ । जसकाकारण संसद सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. फिफा महिला विश्वकपः स्पेन पहिलो पटक सेमिफाइनलमा
  2. आज शुक्रबार नेपाली फिल्म हलमा दुई विदेशी फिल्म प्रदर्शनमा

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...