नवलपरासी, 8 सितम्बर 2021
अवैध रुपमा ल्याएको करिब ६ लाख रुपैयाँ बराबरको कपडासहित प्रहरीले नवलपरासीमा एक जनालाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका–१ बरुवाचोकस्थित सडकबाट लु.१ ह १२२४ नम्बरको अटोरिक्सामा अवैध रुपमा ल्याउँदै थियो करिब ५ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको कपडासहित अटोरिक्साका चालक बर्दघाट नगरपालिका–४ बस्ने ४१ वर्षीय ईन्द्र बहादुर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलाटारी र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी अनुसार अटोरिक्सा जाँच गर्दा उक्त मूल्य बराबरको टिसर्ट र २१ मिटर थान कपडा फेला पारी अटोरिक्सासहित थापालाई पक्राउ गरेको जनाएको छ। बरामद कपडा तथा अटोरिक्सा सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर नवलपरासी पश्चिममा पठाइएको छ ।









































