अष्ट्रेलिया,१९ फरवरी, २०२०
अष्ट्रेलियाको ब्रिसबनमा कारमा आगो लाग्दा चार जनाको मृत्यु भएको छ । घटनामा कार चालक पुरुषसहित तीन बालबालिकाको निधन भएको हो ।
यो घटना अष्ट्रेलियाको ब्रिसबनको हो । मृत्यु सबै बालबालिका १० वर्ष मुनीका छन् । घटनामा एकजना महिला गम्भीर घाइते छिन् । उनको उपचार भइरहेको छ । कारमा आगो लागिरहँदा महिला फाल हानेर ज्यान जोगाउन सफल भएकी हुन् । कारमा सवारमध्ये सबै स्थानीय हुन् ।
स्थानीय प्रहरीले घटनाको कारणबारे केही उल्लेख गर्न मानेको छैन । तर, कारबाट फाल हाल्दा महिलाले आफूमाथि पेट्रोल खन्याइएको भन्दै चिच्याएकी थिइन् ।









































