HomeFeatureअष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

सिड्नी, १९ फरवरी, २०२०
अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत एक नेपाली चेलीकोे मृत्यु भएको छ ।
अष्ट्रेलियाको सिड्नीमा रहेकी ललितपुर साना गाउँकी रमिला मर्हजनको मृत्यु भएको हो । उनी अध्ययनका लागि २ वर्ष अघि मात्रै अष्ट्रेलिया पुगेकी थिइन् ।

श्रोतका अनुसार अष्ट्रेलिया पुगेपछि रमिलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो । त्यसको उपचार गराउने क्रममा उनको मृत्यु भएको बताइएको छ ।

श्रीमान संजय महर्जनसँगै अष्ट्रेलियामा रहेकी रमिलाको दाहसंस्कार अष्ट्रेलियामै गरिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँमा रहेको अनन्त इङ्गलिस स्कूलबाट एसएलसी गरेकी रमिला बिबिएस सकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएकी थिइन् । उनको बिहे २ वर्ष अघिमात्र भएको थियो ।

‘हाल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका क्रममा रहेकी अनन्त इङ्गलिस स्कूलको २०६४ व्याचकी होनहार छात्रा रमिला महर्जनको असामयिक निधनप्रति हार्दिक र श्रद्धाञ्जली व्यक्त गर्दछु । रमिलाको निधनबाट पत्नी वियोगको पीडामा परेका सोही व्याचका यसै विद्यालयका छात्र सञ्जय महर्जन एवम् दुबै परिवारमा परेको बज्रपातप्रति विद्यालय परिवार तथा व्यक्तिगत रूपमा म हार्दिक समवेदना व्यक्त गर्दछु ।’ प्रिन्सीपल घिमीरेले सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...