दिल्ली, 29 मार्च 2022
अहमदाबादको भोपल भन्ने ठाउँमा एक नेपालीको मृत्यु भएको खबर आएको छ। गुजरातबाट नेशनल लाईभ टिभीका सहयोगी बिरेन्द्र बस्यालले दिएको जानकारी अनुसार जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर 13 कस्तर घर भई रोजगारीको सिलसिलामा भारतको अहमदाबादको भोपलमा काम गर्दै आएका झुप्रे सार्कीको 55 वर्षको उमेरमा दुखद निधन भएको छ। दिउँसो 3 बजे खाना खाएर कोठामा सुतेका उनी साँझ 7 बजे सम्म नउठे पछि किन उठे नभनेर हेर्न जांदा मृत अवस्थामा भेटिए। उनलाई हार्ट अटैक आएको सम्भावना देखिएको छ। हिजोनै उनको अन्तिम सन्सकार गुजरातमै गरिएको छ।









































