काठमाडौं, 26 अप्रैल 2023
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले उक्त कुरा औंल्याए।उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए । वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको उनको भनाई छ । पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए । वर्तमान गठबन्धन सिद्धान्तविहीन,उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको उनको जिकिर छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको टिप्पणी समेत गरेका छन्।









































