काठमाडौं, 1 मार्च 2023
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसँग सरकारको भविष्य निर्धारण हुने बताएका छन् । जनपुरधाममा बुधबार मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय सरकारले तत्काल यी दुई विधेयक पारित गर्नुपर्ने पनि बताए ।
‘अहिलेको सरकारले दुईवटा काम तत्काल गर्नुपर्छ । संघीय निजामती ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारी तन्त्र स्थापित र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण’, उनले भने, यही दुईवटा काममा यो सरकारको भविष्य निर्धारण हुन्छ ।’
प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा चाहे अनुसार काम गर्न नसकेको यादवको भनाइ छ ।









































