HomeFeatureअहिलेसम्म हामी सरकारमा भएको भए हुलाकी राजमार्ग पूरा भइसक्थ्यो: ओली

अहिलेसम्म हामी सरकारमा भएको भए हुलाकी राजमार्ग पूरा भइसक्थ्यो: ओली

काठमाडौं, 5 अप्रैल 2023

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकारमा हुँदा सयौँ पक्की पुलहरु बनाएको बताएका छन्। पिछडावर्ग नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा सम्बोधनका क्रममा बुधबार वीरगंजमा अध्यक्ष ओलीले यस्तो बताए।उनले आफूहरु अहिलेसम्म सरकारमा भएको भए हुलाकी राजमार्ग पनि बनिसक्ने दाबी गरे।

‘अहिलेसम्म हामी सरकारमा भएको भए हुलाकी राजमार्ग पूरा भइसक्थ्यो। पुलहरु पूरा भइसक्थे’, उनले भने, ‘लामो समयदेखि तपाईंहरुले हुलाकी बाटो देख्नुभएको थियो। तर हुलाकी राजमार्ग अलिअलि सुन्न थाल्नुभएको थियो। हुलाकी राजमार्ग बनाउने भन्ने कुरा बीसौँ वर्ष तर म प्रधानमन्त्री भएपछि हुलाकी राजमार्ग सुरु भयो।’

उनले आफू प्रधानमन्त्री हुँदा नै मदन भण्डारी राजमार्ग सुरु गरेर झन्डै दुई वर्षमा पूरा गरेको बताए। त्यसमा केही पुलहरु बन्न बाँकी रहेको उनको भनाइ छ।

अर्को प्रसंगमा ओलीले एमालेले बनाएका जनसंगठनहरु फाटोका निम्ति नभएको बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...