HomeFeatureअहिलेसम्म 22 हजार 664 जनाको पीसीआर परीक्षण, 246 जनामा संकमण पुष्टि

अहिलेसम्म 22 हजार 664 जनाको पीसीआर परीक्षण, 246 जनामा संकमण पुष्टि

काठमाण्डौँ, 14 मई 2020

माघ १४ गतेबाट सुरु गरिएको कोरोना भाइरसको पिसिआर विधिबाट अहिलेसम्म साढे २२ हजार बढीको नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ सहित अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पिसिआर परीक्षण भएका छन्। यसैगरी आरडिटी विधिबाट अहिलेसम्म ६२ हजार ३ सय २७ वटा परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण भएका छन्। सरकारले परिक्षणको दायरा बढाउँदै लगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। प्रदेश नम्बर १ मा ८ हजार ६ सय ७३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६४, बागमती प्रदेशमा ९ हजार ८ सय ६१ र गण्डकी प्रदेशमा ६ हजार ७ सय १६ वटा आरडिटी परीक्षण भएका छन्। यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ११, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिममा १५ हजार ८ सय ९५ जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो।

बिहीबार तीनजना संक्रमित थपिएको प्रवक्ता देवकाटाले बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा काठमाडौंका ३२ वर्षिय पुरुष र कपिलवस्तुका ६ वर्षिया बालिकामा संक्रमण पोजेटिभ देखिएको हो। भरतपुर अस्पतालमा भएको परीक्षणमा नवलपरासीपूर्वका ४९ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो। १ सय ९८ पुरुष र ४८ महिला गरी नेपालमा २ सय ४६ जनामा संक्रमण देखिएको छ। संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। प्रवक्ता देवकोटाका अनुसार काठमाडौं उपत्यकामा ६ सहित देशभरी २ सय ७२ जना आइसोलेसनमा रहेका छन्। आइसोलेसनमा सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरु उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो। प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा १ सय १, बागमती प्रदेशमा ३७ (उपत्यकामा ६ सहित), गण्डकीमा १ र प्रदेश नम्बर ५ मा १ सय १२ जना आइसोलेसनमा रहेका छन्।

अहिले विभिन्न क्वारेन्टाइनमा १५ हजार ६ सय जना रहेका छन्। देशभरी ५३ हजार ८ सय ३५ जनालाई राख्न सक्ने क्षमताको क्वारेन्टाइन स्थापना भएका छन्। सरकारले प्रदेश नम्बर १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ। देशभरी २८ जिल्लामा कोरोना परीक्षण गर्ने योजना सरकारले बनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...