काठमाडौं, 31 अगस्त 2022
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायलय सुधारका लागि आफूले सक्दो प्रयास गरेपनि काम गर्न नदिएको बताएका छन्। आफूमाथि लागेको महाभियोगबारे बयान दिने क्रममा उनले यस्तो बताएका हुन्। उनले भने,’ न्यायलय सुधारका लागि सक्दो प्रयास गरेँ। तर काम गर्न वातावरण दिइन।’ बयानका क्रममा जबराले अहिले पनि न्यायलयमा बिचौलिया र भ्रष्टाचारी रहेको तर प्रमाण नभेटिएको बताएका छन्। न्यायपालिका सधै निष्पक्ष भएर काम गरिरहेको भएपनि विभिन्न आरोप प्रत्यारोप लाग्ने गरेको उनको भनाइ छ। जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ। महाभियोगबारे छानविन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरिएको छ।









































