HomeFeatureअहिले मल कारखाना खोल्न सम्भव छैन, अन्तर्राष्ट्रिय बजारबाटै ल्याएर किसानको समस्या समाधान...

अहिले मल कारखाना खोल्न सम्भव छैन, अन्तर्राष्ट्रिय बजारबाटै ल्याएर किसानको समस्या समाधान हुन्छ : खाण

रुपन्देही, 13 अगस्त 2022

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा अहिले नै मल कारखाना खोल्न सम्भावना नभएको बताएका छन्।  रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको शनिबार उद्‌घाटन गर्दै उनले धेरै समय लाग्ने भएकाले अन्तर्राष्ट्रिय बजारबाटै ल्याएर किसानका लागि मल आपूर्ति गरिने बताएका हुन्।  खाणले तत्कालै नेपालमा मल कारखाना खोल्न सहज नभएको पनि  बताएका छन्। त्यसका लागि ठूलो ऊर्जाको आवश्यकता पर्ने उनको भनाइ छ।

उनले भने, ‘मलसम्बन्धी कारखाना खोलौं भने समय लाग्छ। कारखाना सहज छैन। ठूलो ऊर्जाको आवश्यकता पर्छ।’ यस्तै उनले किसानलाई आवश्यकता अनुसार मल आपूर्ति होस भनेर वर्तमान सरकारले मलमा अनुदानका लागि झण्डै १६ अर्ब बजेट छुट्याएको दाबी गरे। ‘रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महंगो पर्छ। हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौं’, उनले भने।  अहिले विभिन्न स्वरुपमा मल आयात भए पनि पर्याप्त नभएको उनको भनाइ छ। अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे।

उनले भने।  ‘भारतले किनेको जति मूल्यमा हामीले ल्याउनुपर्छ। पछिल्लो समय भारत सरकारले तोकेको मूल्य बढी भएकाले खरिद गर्न सकिएको छैन। मलसम्बन्धी कारखाना खोलौं भने समय लाग्छ। कारखाना सहज छैन। ठूलो ऊर्जाको आवश्यकता पर्छ’।

अर्को प्रसङ्गमा गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पारे। नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट वञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्व गर्न नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...