दिल्ली, 18 अप्रैल 2022
अखिलभारत नेपाली एकतामंच मध्ये मुम्बई नगर समितिको भेलाबाट चुनिएका नेताहरु स्थानिय निर्वाचनमा सहभागी हुन् नेपाल गए पछि रिक्त रहेका पदमा अन्य कार्यकर्तालाई जिम्मेवारी दिएर पद पूर्ती गरिएको छ। नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार अध्यक्ष झंकर बिश्वकर्मा, सचिव ध्रुब साउद, तथा कोषाध्यक्ष नेपाल गएको कारण संगठनले मध्य मुम्बई नगर समिति अध्यक्षको जिम्मेवारीमा हेमराज सुनारलाई दिएको छ भने नगर सचिवमा युवा जुझारु देवेन्द्र साउद, नगर कोषाध्यक्षमा गगन साउदलाई नियुक्त गरेको छ। आइतबार 17 अप्रैलका दिन भएको सो कार्यक्रममा केन्द्रीय सदस्य मध्ये मुम्बई नगर सह-ईन्चार्ज नन्दु सुनार, महाराष्ट्र राज्य कोषाध्यक्ष दक्षिण मुम्बई नगर समिति ईन्चार्ज रामसिंह बिक. लगायत उपस्थित रहेका थिए।









































