दिल्ली, 18 अप्रैल 2022
अखिल भारत नेपाली एकता मंच महाराष्ट्र राज्य समिति द्वारा संचालित हड़पसर सम्पर्क नगर समितिको बिस्तारित बैठक नगर अध्यक्ष प्रेम लाडोरीको अध्यक्षतामा सम्पन्न भएको छ। नेशनल लाइभ टी.भीलाई मुम्बईबाट प्राप्त जानकारी अनुसार उक्त बैठक 17 अप्रैल आइतबारका दिन भएको बैठकमा प्रमुख अतिथि अखिल भारत नेपाली एकता मंच केन्द्रीय, सह कोषाध्यक्ष एबम महाराष्ट्र राज्य सह इन्चार्ज ओम बहादुर विक, बिसिष्ठ अथिति अखिल भारत नेपालि एकता मंच केन्द्रीय सदस्य, एबं पुणे कमान इन्चार्ज घनश्याम स्वार , अतिथि एकता मंच महाराष्ट्र राज्य समिति सह सचिव, अनिल अछामी, अतिथि महाराष्ट्र राज्य समिति सदस्य रमेश तिखात्री लगायतको सहभागिता रहेको थियो।









































