Homeसमाचारखेलकुदआईसीसी पुरुष क्रिकेट विश्वकप: नेपालले आइतबार आयोजक जिम्बाब्वेको सामना गर्ने

आईसीसी पुरुष क्रिकेट विश्वकप: नेपालले आइतबार आयोजक जिम्बाब्वेको सामना गर्ने

आईसीसी पुरुष क्रिकेट विश्वकप: नेपालले आइतबार आयोजक जिम्बाब्वेको सामना गर्ने

काठमाडौं, 17 जुन 2023

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले भोलि (आइतबार) आयोजक जिम्बाब्वेको सामना गर्ने भएको छ । जिम्बाब्वेविरुद्ध मैदानमा उत्रँदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक टेस्ट राष्ट्रको सामना गर्नेछ । नेपालले यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि टेस्ट राष्ट्रविरुद्ध खेल्ने अवसर पाएको थिएन । यसअघि सन् २०१८ मा जिम्बाब्वेमै भएको विश्वकप छनोटमा नेपालले आयोजक जिम्बाब्वेविरुद्ध खेलेपनि नेपालसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नभएका कारण उक्त खेल ‘लिस्ट ए’ खेलको रुपमा मात्र रहेको थियो । नेपालले उक्त खेल १ सय १६ रनले हारेको थियो ।

तर, पछिल्ला एकदिवसीय खेलमा नेपालले गरेको प्रदर्शन तथा बढेको नेपाली खेलाडीको आत्मविश्वासका कारण नेपालले जिम्बाब्वेविरुद्ध सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा कप्तान रोहित पौडेलले पनि नेपालले लामो समयदेखि विश्वकप छनोटका लागि तयारी गरिरहेको तथा यसका लागि नेपालले कडा मेहनत गरेको बताए ।

विगत दुई वर्षदेखि हामीले यस प्रतियोगिताका लागि निकै मेहनत गरिरहेका थियौं र अन्ततः हामीले यो अवसर पाएका छौ,’ आईसीसीसँगको कुराकानीमा कप्तान रोहितले भने ।

आईसीसी पुरुष क्रिकेट विश्वकप

रोहितले नेपालले पाएको अवसरलाई सदुपयोग गर्न चाहेको समेत बताए । विश्वकप छनोटअघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईसँग पराजित भएपनि अन्तिम खेलमा ओमानलाई पराजित गरेको थियो । तर नेपालले खेलेका पछिल्ला ८ वटै एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छ । अझ नेपालले १४ एकदिवसीय अन्तर्राष्ट्रियमध्ये १ खेलमा मात्र पराजय भोगेको छ ।

त्यसैले नेपालसँग अभ्यास खेलमा भोगेको पराजयलाई बिर्सेर अघि बढेर एकदिवसीय अन्तर्राष्ट्रियमा हात पारेको जितको निरन्तरतालाई कायम गर्न सक्छ ।

तर, घरेलु टोली जिम्बाब्वेविरुद्ध जित हात पार्न नेपाललाई त्यति सजिलो भने पक्कै हुनेछैन । घरेलु मैदान तथा घरेलु समर्थकको साथ पाएको जिम्बाब्वेले छनोटअघि खेलेका दुवै अभ्यास खेल जितेको थियो । उसले ओमन र स्कटल्यान्डलाई अभ्यास खेलमा पराजित गरेको थियो ।

त्यसअघि जिम्बाब्वेले नेदरल्यान्ड्सविरुद्धको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले आफ्नो पक्षमा पारेको थियो ।

जिम्बाब्वेका कप्तान क्रेग इर्भिनले पनि प्रतियोगिताका लागि जिम्बाब्वेको तयारी उत्कृष्ट भएको बताए । नेपालले हालसम्म नामिबिया, नेदरल्यान्ड्स, ओमान, पपुवा न्यूगिनी, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स र अमेरिकाविरुद्ध मात्र खेलेको छ । त्यसैले जिम्बाब्वेविरुद्धको खेल नेपालका लागि ऐतिहासक पनि हुनेछ ।

 

यो समाचारको भिडियो पनि हेर्नुहोस्..

  1. भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने
  2. नेपाल सुनको कचौरा जस्तो
  3. बालेनले  कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा
  4. ‘धर्मनिरपेक्ष प्रचण्ड’
  5. प्रधानमन्त्रीले भारत भ्रमणमा छोरी लगेपछि ओलीको प्रश्न

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...