HomeFeatureआक्रमणमा ५१ सिरियाली सैनिक मारिएको टर्कीको दाबी

आक्रमणमा ५१ सिरियाली सैनिक मारिएको टर्कीको दाबी

अंकारा, १२ फरवरी, २०२०
सिरियामा बसर अल असद सत्ताविरुद्ध युद्धरत विद्रोही समूहले सिरियाली सेनाविरुद्ध गरेको कारवाहीमा ५१ सिरियाली सैनिक मारिएको टर्कीले दाबी गरेको छ ।

युद्धक्षेत्रमा रहेको श्रोतलाई उद्धृत गर्दै टर्कीको रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा विद्रोहीको आक्रमणबाट ५१ सिरियाली सैनिक मारिएको दाबी गरिएको छ ।

त्यस्तै, विज्ञप्तिमा विद्रोही फौजले सिरियाली सेनाको हतियार भण्डार र दुई वटा ट्यांक समेत नष्ट पारेको दाबी गरिएको छ ।

टर्किस सेनाको बमबारीको सहयोगमा सिरियाली विद्रोहीले सेनाविरुद्ध इडलिब प्रान्तको नयरब शहरमा हमला गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि सिरियाली सेनाले राजधानी दमास्कसलाई मुलुकको दोश्रो ठूलो शहर अलेप्पोसँग जोड्ने राजमार्गलाई सन् २०१२ यता विद्रोही फौजबाट पूर्ण रुपमा नियन्त्रणमा लिइएको सिरियाली सञ्चारमाध्यमले दाबी गरेको थियो ।

सिरियाली सेनाले उक्त राजमार्ग पूर्ण रुपमा नियन्त्रणमा लिएपछि टर्किस सेनाको बमबारीको मद्दतमा सिरियाली विद्रोहीले नयरब शहरमा आक्रमण गरेका थिए । त्यस्तै, विद्रोहीले सिरियाली सेनाको हेलिकोप्टर खसालेको समेत दाबी गरेका थिए ।

गत डिसेम्बर महिनामा सिरियाली सेनाले इडलिब–अलेप्पो क्षेत्रमा थालेको कारवाहीयता हजारौं वर्ग्किलोमिटर भूभाग नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...