काठमाडौं, 3 अक्टूबर 2022
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मंसिर ४ गते हुने निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनले गोरखाबासीको नाममा पत्र लेख्दै यसपटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
गोरखावासीलाई सम्बोधन गर्दै उनले सोमवार फेसबूकमा लेखेका छन्– ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’
‘२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु,’ ।









































