काठमाडौं, 19 मार्च 2022
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आगामी चुनावमा गठबन्धन दल मिलेर अघि बढ्ने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा खनालले खास खास स्थानमा गठबन्धन दल मिलेर अघि बढ्ने बताउनुभएको हो । उहाँले मुलुकलाई निकास दिनका लागि गठबन्धनका आवश्यकता र औचित्य पुष्टि भइसकेको धारणा राख्नुभयो । उहाँले निर्वाचनमा पार्टीको घोषणापत्रका साथ तयारीमा जुट्न निर्देशन दिनुभयो । त्यस्तै खनालले एमालेले पटक पटक संविधान उलंघन गर्ने काम गरेको भन्दै आगमी निर्वाचनमा शुन्य मत दिएर दण्डित गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियताको संघर्षलाई उचाईमा पुराउनुपर्नेमा जोड दिनुभयो ।









































