HomeFeatureआगामी दशकमा 150 अर्ब डलर भन्दा बढी लगानी उद्योग क्षेत्रमा हुने शेखर...

आगामी दशकमा 150 अर्ब डलर भन्दा बढी लगानी उद्योग क्षेत्रमा हुने शेखर गोल्छाको विश्वास

काठमाण्डौ,10 अप्रैल 2021

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को  मार्गचित्र तयार पारिएको बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०”ले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुदै गएमा मात्र सम्मुन्नति पनि संगसंगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो।

उहाँले भिजन पेपर इमान्दारीपुर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलर भन्दा बढी लगानी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेटको आकार बढाएर मात्रै विकास संम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चम बजेट कम गर्न सुझाव दिनुभयो ।

उहाँले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो म आज प्रधानमन्त्री ज्यूलाई पनि आग्रह गर्न  चाहन्छु , व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुदैन । यसमा सुधार आवश्यक छ । पहिले त यसको नियमावली नै बन्नुपर्छ ।

कार्यक्रममा हरेक प्रदेशबाट क, ख र ग वर्गका उद्योग वाणिज्य संघहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...