HomeFeatureआगामी बजेटमा उद्योग प्रतिष्ठानलाई बुस्टअप गर्ने व्यवस्था हुनुपर्छः उपाध्यक्ष ढकाल

आगामी बजेटमा उद्योग प्रतिष्ठानलाई बुस्टअप गर्ने व्यवस्था हुनुपर्छः उपाध्यक्ष ढकाल

काठमाण्डौँ, 2 मे 2020

सरकारले लकडाउनका कारण समस्यामा परेका उद्योगहरुलाई बुस्टअप गर्नेगरी बजेट ल्याउनुपर्ने उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ। उपाध्यक्ष ढकालले मध्यकालिन र दिर्घकालिन योजना सहित उद्योग प्रतिस्ठानहरुलाई बुस्टअप गर्ने व्यवस्था बजेट मार्फत आउनुपर्ने बताउनु भएको हो। उहाँले कोरोना भाइरस (कोभिड-19) को रोकथामका लागि लकडाउन गरिएपछि उद्योग प्रतिस्ठानहरु बन्द रहेको र बेरोजगारीको समस्या देखिएको भन्दै बजेट मार्फत नै संरक्षण गरिनुपर्ने बताउनुभयो। यस्तै सरकारको राजस्व आम्दानी बढाउन पनि उद्योग प्रतिस्ठानहरुलाई जोगाउनु अपरिहार्य रहेको उपाध्यक्ष ढकालले बताउनुभयो। उहाँले उद्योग व्यवसायको संरक्षणका लागि उद्योग वाणिज्य महासंघ सहितका व्यसायिक संगठनहरुले सरकारलाई सुझाव दिइसकेकोले सोही अनुसार नै बजेटले सम्बोधन गर्ने अपेक्षा गरिएको समेत बताउनुभयो।

देश भित्र बढ्ने बेरोजगारी र वैदेशिक रोजगारीबाट फर्केर आउनेहरुको संख्या ठूलो हुने भएकोले उनिहरुको व्यवस्थापनका लागि पनि बजेटको प्रकृति फरक हुनुपर्ने उपाध्यक्ष ढकालले बताउनुभयो। उहाँले उद्योग प्रतिस्ठानहरुले रोजगारी सिर्जना गर्न सक्ने, उत्पादन बढाउने तथा सरकारको आम्दानी बढ्ने किसिमबाट बजेट आउनुपर्ने बताउनुभयो। रेमिट्यान्स आप्रवाहमा हुने कमिबाट अर्थतन्त्रमा पर्ने असरलाई पनि बजेटले सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...