काठमाडौं, 14 जुलाई 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफ्रिङ लिएका छन् ।जनार्दन शर्माको राजिनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाव लगायत विषयमा अर्थमन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । छलफलमा गभर्नर अधिकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफ्रिङ गरेको थिए । राष्ट्र बैंक र अर्थमन्त्रालय तर्फको ब्रिफिङपछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रको आवश्यकता अनुसारको मौद्रिक नीति तर्जुमा गर्न निर्देशन दिएको बैंठकमा सहभागी एक पदाधिकारीले जनाएका छन्।









































