काठमाडौँ २० जनवरी २०२०
विगत १ महिना देखि बढ्दै आएको सुनको मूल्य अहिले उच्च भाउमा कारोबार भइरहेको छ ।
आज सोमबार छापावाला सुनको मूल्य ७५ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य आकाशीय सँगै चाँदीको मूल्य पनि बढेको छ । आज सोमबारको बजारमा चाँदीको मूल्य ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।









































