आजदेखि चलचित्र ‘दिमाग खराब’ प्रर्दशनीमा
काठमाडौं,10 नोभेम्बर 2023
तिहारको अवसर पारेर आज कात्तिक २४ गतेदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ ।
आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । आकाश बरालको लेखन र सुशन प्रजापतीको छायाङ्कन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।
जहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेर मनोरञ्जन लिए ।









































