श्रीलंका, २० मार्च, २०२०
श्रीलंकाकाले शुक्रबार साँझदेखि देशभर कर्फ्यू जारी गर्ने घोषणा गरेको छ ।
कोरोना भाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेका हुन् ।
श्रीलंकामा अहिलेसम्म ५३ जना कोरोना संक्रमित बिरामीहरू छन्। कर्फ्यू जारी भएसँगै सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै सुचारू गर्ने बताइएको छ ।
भारतमा पनि जनता कर्फ्यू जारी गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार कोरोनाभाइरसबाट बच्नका लागि त्यहाँका जनतालाई बाहिर ननिस्कन आग्रह गरेका हुन् ।
यसअघि श्रीलंकाले सबै अन्तर्रा्ष्ट्रिय उडानहरू बन्द गरेको थियो। गत बिहिबार श्रीलंकाले संसदिय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो ।









































