धनगढी, 2 दिसम्बर 2022
आफ्ना सहकर्मीको मृत्युको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। निषेधित क्षेत्रमा विद्यार्थीले प्रदर्शन गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको हो। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। निषेधज्ञाको अवज्ञ गर्दै विद्यार्थीहरु बिहानैदेखि चोकचोकमा भेला भएर प्रदर्शन गरिरहेका छन्।
बिहीबार बिहान १० बजेतिर ग्रेडरले च्यापिएर पञ्चोदय माविमा पढ्ने छात्रा चेतना साउदको मृत्यु भएको थियो। स्कुल जाँदै गरेकी १४ वर्षीया चेतनाको घटनास्थलमै मृत्यु भएको थियो। छात्राको मृत्युपछि विद्यार्थीहरुले दिनभर प्रदर्शन गरेका थिए।
उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए भने प्रदर्शनका क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।









































