HomeFeatureआज नेपालमा ३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए, एक दिनमा 12 जनाको...

आज नेपालमा ३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए, एक दिनमा 12 जनाको मृत्यु

काठमाण्डौ, 17 अक्टोबर

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको छ । यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताउनुभयो । नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमण निकोहुनेहरुको संख्या १ हजार ८ सय रहेको छ । यससँगै हाल सम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताउनुभयो । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ । आज देशभर १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर क्वारेन्टाइनमा रहने व्यक्तिहरुको संख्या ४ हजार ७ सय १५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...