काठमाडौं,१२ फरवरी, २०२०
निरन्तर उकालो लागेको सुनको मूल्य घट्न थालेको छ । साताको चौथो दिन आज सुन प्रतितोलामा २ सय रुपैयाँले घटेको छ ।
हिजो (मंगलबार) प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज (बुधबार) ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७५ हजार ७ सयमा आएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।









































