काठमाडौँ, २३ फरवरी, २०२०
आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मदिन परेको छ । प्रधानमन्त्रीले आफ्नो पुर्ख्यौली घर तेह्रथुमको आठराईमा मनाउनुहुनेछ ।
जन्मदिन मनाउन आइतवार उहाँ पाँचथर हुँदै तेह्रथुमको आठराई जाने कार्यक्रम रहेको छ ।
“पाँचथरमा खानेपानी आयोजनाको उद्घाटन गरेर त्यसपछि हेलिकोप्टरबाट उहाँ जन्मघर आउने कार्यक्रम छ ।
उहाँको जन्मघर पत्नी र बुवा एवम् अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री बीना मगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई त्यता जाँदै गरेको आयोजकहरूले बताएका छन् ।
प्रधानमन्त्री ओलीका बाल्यकालका साथी तथा प्रदेश सभा सदस्य तेजमान कन्दौवाका अनुसार जन्मदिनका लागि ३ र ४ महिना अघिदेखि नै तयारी शुरू भएको थियो ।
“हामीले ३र४ महिना अघिदेखि नै उहाँको जन्मदिन मनाउने योजना अनुसार हेलिप्याड बनाउने र गाडी पार्किङका लागि ठाउँ सम्याउने काम थालेका थियौँ,“ कन्दौवाले बीबीसीलाई भने।
ओलीको घरमा केक काट्ने कार्यक्रम समेत रहेको बताइएको छ ।
“उहाँले शिलान्यास र बैंक उद्घाटन सकेपछि घरमा आफ्ना बाल्यकालका साथीसहित बसेर केक काट्नुहुन्छ,“ कन्दौवाले भने, “साथीभाइसँग एकछिन भेटघाट र कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ।“
जन्मदिनमा करिब तीनदेखि पाँच हजार मानिसलाई खाना खुवाउने गरी तयारी भएको पनि कन्दौवाले बताए ।









































