काठमाडौं, 22 अप्रैल 2022
विश्व पृथ्वी दिवसको अवसरमा आज नेपालमा पनि ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ । शुक्रबार रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बासबारीका विद्यार्थीहरुले पनि विश्व पृथ्वी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन् । विश्वमा पहिलो पटक सन् १९७० अप्रिल २२ तारिखमा यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।









































