काठमाडौं, २० मार्च, २०२०
आज हुने भनेको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।
कोरोनाभाइरसको संक्रमणको त्रासका कारण बैठक स्थगित गर्नुपरेको हो ।









































