HomeFeatureआन्तरिक शान्ति भङ्ग गर्नेलाई भारतले कडा जवाफ दिनेछः गृहमन्त्री अमित शाह

आन्तरिक शान्ति भङ्ग गर्नेलाई भारतले कडा जवाफ दिनेछः गृहमन्त्री अमित शाह

नयाँ दिल्ली, 1 मार्च

गृहमन्त्री अमित शाहले देशको आन्तरिक शान्ति भङ्ग गर्ने र आफ्नो भूमिमा घुसपैठ गर्ने प्रयास गर्नेहरुलाई भारतले कडा जवाफ दिने बताउनुभएको छ । आज कोलकातामा राष्‍ट्रीय सुरक्षा गार्ड (एनएसजीको नयाँ परिसरको उद्घाटन गर्दै शाहले भारत विश्‍वको शान्ति चाहन्छ र उसको उद्धेश्य कसैमाथि आक्रमण गर्ने नभएको बताउनुभयो । उहाँले यदी कसैले यस शान्तिपूर्ण वातावरणलाई खराब गर्न चाहन्छ भने भारतले कडा जवाफ दिने बताउनुभयो । ग़ृहमन्त्रीले देशले आतंकवादलाई सहन नसक्ने नगर्ने नीति अपनाएको र सर्जीकल स्‍ट्राइक र हवाई हमलापछि विश्‍वमा आन्तरिक सुरक्षाको मामिलामा भारतको नाम अमेरीका र इज्रायलपछि लिइन थालेको बताउनुभयो ।

शाहले आतंकवादको सामना गर्ने र देशको सुरक्षामा राष्‍ट्रीय सुरक्षा गार्डको भूमिकाको सराहना गर्नुभयो । उहाँले आतंक सम्बन्धी गतिविधिहरुको बदलिदो परिदृश्‍यलाई मद्देनजर प्राविधिक शक्ति, प्रशिक्षण र रणनीतिमा परिवर्तनको आवश्यकतामा जोड दिनुभयो । उहाँले सरकार अन्‍य कल्‍याणकारी उपायहरु बाहेक जवानहरुलाई एक सय दिनको अवकाश दिने प्रस्‍तावमाथि विचार गरिरहेको पनि बताउनुभयो । यसैबीच, विपक्षी काँग्रेस र वामपंथी दलहरुले पूर्वी दिल्‍लीमा भर्खरै भएको हिंसाको विरोधमा गृहमन्त्रीको भ्रमणको क्रममा कोलकाताका विभिन्‍न भागहरुमा आज प्रदर्शन गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...