काठमाडौं, 23 अगस्त 2022
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ निर्वाचनमा जाने बताएका छन्।मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्ह (कलम ) बाट लड्ने बताए। पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने नेपालको भनाइ छ। उनले माओवादी केन्द्रसँग निर्वाचनअघि एकताको सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी गराए। त्यस्तै, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी र एकीकृत समाजवादीसँग विचार र राजनीतिक कार्यदिशामा पनि एकरुपता रहेको बताए। उनले फेरि पनि बामशक्तिहरु एकठाउँमा आउनुपर्ने भएकाले एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको जानकारी दिए। नेपालले भने,’ अहिले चुनावी तालमेल गर्ने दलहरुबीच भने साझा कार्यक्रम र समान धारणा बनाएर जनतामाझ जान्छौं।’









































