अर्घाखाँची, 7 मार्च 2022
अर्घाखाँचीमा एक शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक बलात्कार गरेको खुलेको जनाएको छ । प्रहरीले पक्राउ परेका शिक्षकको नाम भने सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार पक्राउ जिल्लाको मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षक हुन् । उनले १५ वर्षीया आफ्नै विद्यार्थीलाई घर जनिकैको लगेर पटक-पटक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले निकालेको विज्ञप्तिमा पक्राउ परेका शिक्षकलाई अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पीडितका परिवारले दिएको उजुरीका आधारमा पीडक शिक्षलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।









































