काठमाडौं, 25 नवम्बर 2021
शहिद स्मारक ’ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो क्लबले अंकका लागि खेल्ने बताउनुभएको छ । त्रिपुरेश्वरमा बिहीबार आयोजित प्रि म्याच कन्फरेन्समा केसीले थ्री स्टार क्लबविरुद्ध सातदोबाटो युथ क्लबले तीन अंकका लागि खेल्ने बताउनुभएको हो । उहाँले आफ्नो टिमले राम्रो उपस्थिति जनाउनका लागि मेहनत गरेर खेल्ने बताउनुभयो । शहिद स्मारक ’ए’ डिभिजन लिगको दोस्रो चरण अन्तर्गत नवप्रवेशी सातदोबाटोले थ्री स्टारविरुद्ध जित्नकै लागि खेल्ने मुख्य प्रशिक्षक केसीको भनाई छ । त्यस्तै थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पुरानो गल्ति नदोहोर्याउने बताउदै पहिलो खेलमा ५–६ दिनको समय पाएकाले राम्रो गर्न नसकेको बताउनुभयो । उहाँले दोस्रो खेलका लागि भने आफुहरुले तयारी राम्रो गरेकाले राम्रो प्रदर्शन गर्ने जानकारी दिनुभयो । पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । थ्री स्टार लिगको शीर्ष स्थानमा रहेको छ ।









































