काठमाडौं, 11 नवम्बर 2022
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता रहेका सिंहले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित रहेको बताएका हुन्।
शुक्रबार बिहान घरदैलो कार्यक्रममा नेता सिंहले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई आधार मानर अघि बढिरहेको दाबी गरे। उनले संविधान कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको बताए।
उनले भने, ‘आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रिया अघि बढाउँछौँ’ ।









































