HomeFeatureआफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको: नेपाल

आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको: नेपाल

काठमाडौं, 19 अप्रैल 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा एकीकृत समाजवादले आयोजना गरेको पार्टी प्रवेश एवं घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने चेतावनी पनि दिनुभयो । अध्यक्ष नेपालले सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दा अरुको शक्तिको अवमूल्‍यन गर्ने गरेको र अपमानपूर्ण ढंगले पनि व्यवहार भइरहेको भन्दै आफ्नो पार्टी अपमान सहनका लागि नभएर विद्रोह गरेर जन्मेको धारणा राख्नुभयो । उहाले गठबन्धनभित्र सहमति खोज्ने र सहमति नभएका स्थानमा मित्रवत ढंगले प्रतिष्पर्धाका आधारमा जाने टुङ्गो लागेको उल्लेख गर्नुभयो । सात महिनामै मेची देखि महाकालीसम्म पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै आफ्नो पार्टीको भविष्य उज्जल रहेको उहाको भनाई छ । अध्यक्ष नेपालले जनमुखी स्थानीय सरकार, विकास समृद्धिको आधार नाराका साथ घोषणापत्र सार्वजनिक भएको भन्दै जनताको बिकासको चाहना र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाले आफ्नो तहको बिकासको मास्टरप्लानसहित जनतामाझ जान निर्देशन दिनुभयो । एकीकृत समाजवादीको घोषणापत्रमा जस्तोसुकै परिस्थिति आइलागे पनि लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको अभियानमा निरन्तर अगाडि बढ्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । त्यस्तै बिभिन्न आयोजनाको सुरुवात गरिएको, प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने, भ्रष्टाचार निर्मुल पार्ने, हरेक पालिकामा पुस्तकालय बनाउने लगाएतका बिषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा एकीकृत समाजवादी र नेकपा गौरवशालीबीच एकीकरण घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...