HomeFeatureआफ्नो राजनीतिक करिअर ध्वस्त पार्न ललितानिवास जग्गा प्रकरणमा तानिएको, गच्छदारको आरोप

आफ्नो राजनीतिक करिअर ध्वस्त पार्न ललितानिवास जग्गा प्रकरणमा तानिएको, गच्छदारको आरोप

काठमाडौं, 22 सितम्बर 2021

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो राजनीतिक करिअर ध्वस्त पार्न ललितानिवास जग्गा प्रकरणमा तानिएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गच्छदारले आफ्नो राजनीतिक संघर्षमा राष्ट्रलाई हानी पर्ने कुनै काम नगरेको भन्दै आफ्नो राजनीतिक जीवन ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप लगाउनुभएको हो । नेता गच्छदारले संवैधानिक आयोगहरु राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरु फन्दामा पर्ने र दोषीहरु छुट्ने गरेको धारणा राख्नुभयो ।सरकारको राजनीतिक दबाब र प्रतिसोधमा परेर संवैधानिक आयोगले जसरी पनि मुद्दा चलाउन सक्छ भन्ने जगजायर भएको उहाको भनाई छ । गच्छदारले प्रधानमन्त्री एवं बिशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना आफुले भौतिक योजना मन्त्रालयको जिम्मेवारही सम्हाल्नु भन्दा धेरै पहिलेदेखि नै प्रारम्भ भएकाले उक्त योजना आफ्नो निर्देशन र निर्णयले नभएको तर्क गर्नुभयो । ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टाचार अभियोगमा २०७६ माघ २२ गते गच्छदारबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । गच्छदारबिरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको छ । उहाँ गत ३० असारमा १० लाख धरौटीमा छुट्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...