12 जुलाई 2022
गोली हानि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज 12 जुलाई मंगलवारका दिन बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिँदै छ । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको निम्ति गृहनगर टोकियोमा राखिएको थियो । अन्त्येष्टिअघि आबेको परिवारले टोकियोमा प्रार्थनासभा गरेका छन् भने सभामा प्रधानमन्त्री फुमिया किशिदालगायत उच्च अधिकारीहरुको सहभागिता थियो । 8 जुलाई शुक्रबार नारा सहरम आयोजित चुनावी सभालाई सम्बोधन गरेको समयमा उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका आबेको उपचारको क्रममा स्थानीय अस्पतालमा प्राण गएको हो ।









































