HomeFeatureआम मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु : पौडेल

आम मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु : पौडेल

काठमाडौं, 24 नवम्बर 2022

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र सङ्कल्प गर्नुभएको छ । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उहाँले पार्टी सङ्गठनभित्र पार्टीको सिद्धान्त, आदर्श र निष्ठाको अभियानलाई अगाडि बढाउन आगामी दिनमा अझ बढी सक्रिय रहने उल्लेख गर्नुभएको छ ।

“संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षता, समावेशीता र आर्थिकरूपमा समृद्ध नयाँ नेपाल निर्माणमा यसपटक प्राप्त गरेको जनादेशले स्पष्ट सन्देश दिएको मैले महसुस गरेको छु”, वरिष्ठ नेता पौडेलले उल्लेख गर्नुभएको छ ।

 यस निर्वाचनमा जनताद्वारा तनहुँ जिल्लाको विकासको जिम्मा गठबन्धनलाई प्राप्त भएको महसुस गरेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचनले दिएको सन्देशको गम्भीर विश्लेषण गरी आजको आवश्यकता सुशासन, समृद्धि र विकासलाई ध्यान दिँदै राष्ट्रिय राजनीतिमा तनहुँको प्रतिष्ठाजनक भूमिका स्थापित गर्दै समग्र मुलुक र तनहुँ जिल्लाको विकास गर्न आम जनताको साझा प्रतिनिधिका रूपमा कार्य गर्ने र देशलाई सुशासन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले यस निर्वाचनलाई सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...