काठमाडौं, 23 मई 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति कायम भएको दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सत्ता र प्रतिपक्षमा बसेर साझा नीति कार्यक्रम निर्माण गर्न सफल भएको बताए ।
“यो नीति कार्यक्रम तयार पार्दैगर्दा म प्रधानमन्त्री भएपछि दुईवटा गठबन्धन बने । पहिलो गठबन्धनको सैद्धान्तिक प्राथामिकता र साझा न्यूनतम कार्यक्रम भनेर हामीले घोषणा गरिएको थियो । त्यसलाई र दोस्रो गठबन्धनले त्यो साझा नीति कार्यक्रमलाई समेत ध्यानमा राखेर अर्को साझा कार्यक्रम तयार पार्यो,” उनले भने, “यो नीति कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको नीति कार्यक्रम बन्न गएको छ ।”
उत्पादन वृद्धि र रोजगारी सृजनालाई पनि नीति तथा कार्यक्रमले जोड दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।