नयाँ दिल्ली, 28 जनवरी 2020
यस वर्ष गणतन्त्र दिवस परेडको सर्वश्रेष्ठ झाँकी आसमको झाँकी चुनिएको छ। रक्षामन्त्री राजनाथ सिंहले गणतन्त्र दिवस परेड 2020-मा सामेल सर्वश्रेष्ठ झाँकीहरूलाई आज नयाँ दिल्लीमा पुरस्कार प्रदान गर्नुभयो। आसमको झाँकीलाई पहिलो स्थान प्राप्त भएको छ। आसामको झाँकीमा अनौठो शिल्पकला तथा संस्कृतिलाई दर्शाइएको थियो। दोस्रो स्थानमा ओडिशा र उत्तरप्रदेशको झाँकी रह्यो। ओडिशाको झाँकीमा भगवान लिङ्गराजको रथयात्रालाई प्रदर्शित गरिएको थियो भने उत्तरप्रदेशको झाँकीमा राज्यको सांस्कृतिक र धार्मिक विरासतलाई दर्शाइएको थियो।
राष्ट्रिय आपदा मोचन बल अनि जल शक्ति मिशनको झाँकीलाई मन्त्रालयहरू र विभागहरूको झाँकीमध्ये श्रेष्ठ मानियो। केन्द्रीय लोक निर्माण विभागलाई उसको झाँकी कश्मीरबाट कन्याकुमारीको लागि विशेष पुरस्कार प्रदान गरिएको छ।









































