आसाम, 23 जनवरी, 2020
आसमको गुवाहाटीमा आठ विभिन्न गुटहरूका 644 आतङ्कवादीहरूले मुख्यमन्त्री सर्बानन्द सोनोवाल र राज्यका वरिष्ठ अधिकारीहरू समक्ष आत्मसमर्पण गरेका छन्। आज आत्मसमर्पण गर्नेहरूमा उलफा-स्वतन्त्रका 50, नेशनल डेमोक्रेटीक फ्रन्ट अफ बोडोल्याण्डका 8 र आदिवासी ड्रेगन फाइटरका 178 जना आतङ्कवादीहरू सामेल छन्। आतङ्कवादीहरूले 177 हातहतियार र ठूलो मात्रामा गोलाबारूद पनि बुझाएका छन्।
आतङ्कवादीहरूलाई मुख्यधारामा स्वागत गर्दै मुख्यमन्त्रीले उनिहरूलाई राष्ट्र निर्माण प्रक्रियामा योगदान दिन आग्रह गर्नुभयो। उहाँले आतङ्कवादीहरूले हतियार छोडेपछि राज्यमा शान्ति प्रक्रियालाई प्रोत्साहन मिल्ने बताउनुभयो।









































