इजरायलको युद्धस्थित गाजाको चर्चमा आक्रमण
काठमाडौं, 20 अक्टोबर 2023
इजरायली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका सयौँ विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार गाजा सहरस्थित ग्रिक अर्थोडक्स सेन्ट पोरफाइरस चर्चका परिसरमा भएको हमलामा ‘ठूलो संख्यामा सहित र घाइते’ भएका छन्।प्रत्यक्षदर्शीहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्यालेस्टिनी क्षेत्रमा भएको युद्धपछि थुप्रै गाजाबासीले शरण लिएको चर्चनजिकै लक्षित गरी हमला गरेको देखिन्छ।
इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले इजरायललतर्फ रकेट र मोर्टार प्रक्षेपणमा संलग्न कमान्ड र कन्ट्रोल सेन्टरलाई लक्षित गरी आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको छ।
‘आईडीएफले गरेको हमलाबाट एउटा चर्चको पर्खाल क्षतिग्रस्त भएको छ, हामी हताहतको रिपोर्टबारे सचेत छौँ, घटनाको समीक्षा गरिरहेका छौँ’, आईडीएफले भनेको छ।
प्रत्यक्षदर्शीहरूले आक्रमणमा चर्चको बाहिरी भाग क्षतिग्रस्त भएको र छेउको एउटा भवन भत्किएको भन्दै घाइते धेरैलाई अस्पताल लगिएको बताएका छन्।
पोरफाइरस अझै पनि सञ्चालनमा आएको गाजामा सबैभन्दा पुरानो चर्च हो। जेरुसेलमको अर्थोडक्स प्रमुखले आफ्नो चर्च परिसरमा भएको हमलाको ‘कडा निन्दा’ गरेका छन्।









































