इजरायलद्वारा एम्बुलेन्समा हवाई आक्रमण, १५ को मृत्यु
काठमान्डौ,4 नोभेम्बर 2023
इजरायलको गाजामा घाइतेहरुलाई ओसारिरहेको एम्बुलेन्सको लस्करमा इजरायली सेनाले हवाई हमला गर्दा १५ जनाको ज्यान गएको प्यालेस्टाइनी अधिकारीहरुले बताएका छन्।
अल सिफा अस्पतालबाट घाइते लिएर इजिप्टसँगको राफा सीमा नाकातर्फ जाँदै गरेका एम्बुलेन्समाथि आक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जनाएका छन्।
रेडक्रससहितका संस्थाहरुले आक्रमणको निन्दा गरेका छन्। आक्रमणमा ६० जना घाइते भएको जनाइएको छ। इजरायलले घटनाको जिम्मा लिएको छ। तर, ती एम्बुलेन्सले हमास लडाकु ओसारेको इजरायलको दाबी छ। एजेन्सी