Homeसमाचारइजरायलमाथि हमासको आक्रमणमा बेपत्ता भएका विपिनलाई ‘लोकेट’ गर्ने प्रयास जारी  : परराष्ट्रमन्त्री

इजरायलमाथि हमासको आक्रमणमा बेपत्ता भएका विपिनलाई ‘लोकेट’ गर्ने प्रयास जारी  : परराष्ट्रमन्त्री

इजरायलमाथि हमासको आक्रमणमा बेपत्ता भएका विपिनलाई ‘लोकेट’ गर्ने प्रयास जारी  : परराष्ट्रमन्त्री  

 

काठमाडौँ, 16 अक्टोबर 2023

इजरायलमाथि हमासको समूहले गरेको आक्रमणमा नेपाली विद्यार्थी बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको अवस्था पत्ता लगाउनका लागि सरकारले सम्भव भएसम्मका उपलब्ध संयन्त्रको परिचालन गरिरहेको जनाएको छ । त्यसका लागि हमाससँग सम्बन्ध भएका भनिएका मुलुकहरूसँग पनि कुरा भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

असोज १९ मा इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए । सोही आक्रमणमा परेका जोशीको अवस्था भने अझै अज्ञात छ । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायको अन्तिम सेमेस्टरमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । हमासको हमलापछि अज्ञात अवस्थामा रहेका उनको खोजीका लागि विभिन्न संयन्त्र परिचालन गरिएको मन्त्री साउदले बताए । उहाँको लोकेसन लोकेट गर्ने कोसिस भइरहेको छ,’ उनले भने, ‘इजरायल सरकारका विभिन्न तहसँग विपिनको खोजीका लागि आग्रह गरिरहेका छौं । प्रहरी र अस्पताललगायत सम्भावित सबै ठाउँमा खोजी तीव्र पारिएको छ । हमाससित असल सम्बन्ध भएका मुलुकहरूसँग पनि यसका लागि पहल भइरहेको छ ।’

विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए । उनले हमासका लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए । विपिनलाई हमास लडाकुहरूले थाइल्यान्डका नागरिकसँगै लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । त्यही आधारमा सरकारले हमाससँग सम्बन्ध भएका मुलुकहरूसँग विपिनको अवस्थाबारे बुझ्न कूटनीतिक पहल गरेको हो । हमाससँग लेबनान, इरान, टर्किलगायतका मुलुकहरूको राम्रो सम्बन्ध रहेको बताइएको छ । हमाससँग राम्रो सम्बन्ध भएका कुन–कुन मुलुकसँग कूटनीतिक संवाद भइरहेको छ भन्नेबारेमा भने मन्त्री साउदले जानकारी दिएनन् । उनले परिणाम आएपछि त्यसबारे सबै कुरा सार्वजनिक गरिने उल्लेख गरे ।

त्यस्तै, परराष्ट्रमन्त्री साउदले इजरायलमा कार्यरत नेपालीमध्ये चार सयभन्दा बढीले नेपाल फर्किनका लागि ‘अनलाइन रजिस्ट्रेसन फाराम’ भरेको बताए । ‘स्वदेश फर्किन इच्छुकहरूलाई बिजेनस फ्लाइटमा ल्याउने गरी व्यवस्था गरिएको छ,’ मन्त्री साउदले कान्तिपुरसँग भने, ‘एकैपटक २ सय ५० भन्दा बढीको संख्यामा नेपाल फर्किन चाहने भएमा चार्टर्ड विमान पठाउने तयारी छ । नेपाल सरकारले अवस्थामा परिवर्तन नआउन्जेलसम्म इजरायल जान रोक लगाएको छ । एडभाइजरी नै जारी गरेर इजरायल भ्रमणमा जान रोक लगाइएको हो ।

इजरायलले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये ५ जनाको शव त्यहाँस्थित नेपाली दूतावासलाई बुझाइसकेको छ ।परिचालन गरिरहेको जनाएको छ । त्यसका लागि हमाससँग सम्बन्ध भएका भनिएका मुलुकहरूसँग पनि कुरा भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...