नयाँदिल्ली, १८ मार्च,२०२०
पछिल्लो समयमा चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या २ हजार ५ सय नाघेको छ ।
इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान गएको छ । यो एकै दिन भएको अहिलेसम्मकै उच्च मृत्यु हो । योसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।
वर्ल्डओमिटर्सका अनुसार, ३१ हजार ५ सय ६ जना संक्रमित छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५ सय ३ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित २ हजार ९ सय ४१ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।









































