HomeFeatureइन्जिनियर्स एसोसिएसनद्वारा इन्जिनियर पेशामाथिको दमन बन्द गर्न माग

इन्जिनियर्स एसोसिएसनद्वारा इन्जिनियर पेशामाथिको दमन बन्द गर्न माग

काठमाडौं, 23 अक्तूबर 2021

इन्जिनियर पेशामाथिको दमन बन्द गर्न नेशनल इन्जिनियर्स एसोसिएसन नेपालले माग गरेको छ । शनिबार माइतिघर मण्डलामा प्रर्शन गर्दै एसोसिएसनले इन्जिनियरमाथि हुने हरेक दमनलालाई रोक्न माग गरेको हो । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालय प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन । उनीहरूले कुशवाहालाई कालोमोसो दलेर नाङ्गै जनकपुरधाम परिक्रमा गराउने कार्य गलत मात्रै नभएर अमानविय भएको बताए । विरोध प्रदर्शनमा नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल प्रदेश दुईका अध्यक्ष तेजनारायण यादवले प्रदेश २ मा त्रास फैलिएको भन्दै के नेपालमा सिके राउत राज चलनेको हो त ? भन्दै प्रश्न समेत गर्नुभयो । कुशवाहालाई यदि राज्यले न्याय नदिए आफुहरुले आन्दोलन चर्काउने उहाँले चेतावनी दिनुभयो । राउतका कार्यकर्ताले जनकपुरधामको ढल व्यवस्थापन र सरसफाईको व्यवस्थापनमा चासो नदेखाएको भन्दै खानेपानी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरि कालोमोसो दलेर नगर परिक्रमा गराएका थिए । प्रदर्शनकारीहरुले इज्निनियरहरुमाथि दमन गर्न पाइदैन, पीडितलाई न्याय दे लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...