HomeFeatureउखु किसानलाई अनुदान : थप साढे ४१ करोड माग

उखु किसानलाई अनुदान : थप साढे ४१ करोड माग

काठमाडौं, १५ फरवरी, २०२०
उखु किसानलाई अनुदान उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग थप साढे ४१ करोड रुपैयाँ माग गरेको छ । कृषि मन्त्रालयले गत आइतबार अर्थलाई पत्राचार गर्दै अपुग ४१ करोड ४९ लाख १३ हजार नौ सय २४ रुपैयाँ माग गरेको हो ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानलाई उपलब्ध गराउनुपर्ने अनुदानवापतको सम्पूर्ण रकम उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्राचार गरेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए। मन्त्रालयका अनुसार अर्थमन्त्रालयलाई यसअघि पनि अपुग रकम उपलब्ध गराउन पत्राचार गरिएको थियो। पछिल्लो पटक भने सचिवस्तरीय निर्णय गरी अपुग रकम उपलब्ध गराइदिन पुनः ताकेदा गरिएको हो ।

‘अनुदानवापत उपलब्ध गराउनुपर्ने सम्पूर्ण रकम एकैपटक नआउँदा भुक्तानी गर्न समस्या आएको छ’, प्रवक्ता केसीले भने, ‘अपुग अनुदान रकम तत्कालै उपलब्ध गराइदिन अर्थसँग पत्राचार गरेका छौं ।’ कृषिले अर्थलाई पत्राचार गरे पनि शुक्रबारसम्म रकम निकासा नभएको मन्त्रालयले जनाएको छ ।

भुक्तानी गर्नुपर्ने रकम निकासा नहुँदा सुनसरी र कञ्चनपुरमा अनुदान वितरण भए पनि बाँकी जिल्लामा वितरण कार्य प्रभावित भएको कृषि मन्त्रालयले जनाएको छ। पर्याप्त बजेट विनियोजन नहुँदा सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, र नवलपरासीका किसानले अहिलेसम्म अनुदान रकम पाएका छैनन्। गत वर्षदेखि चिनी मिलले खरिद गरेको उखुवापत किसानलाई सरकारले प्रोत्साहन अनुदान उपलब्ध गराउन सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले पर्याप्त बजेट नभएकाले अनुदान वितरण गर्न नसकिएको कृषि मन्त्रालयलाई जानकारी गराएको छ। ‘आठ जिल्लामध्ये सुनसरी र कञ्चनपुरमा अनुदान रकम वितरण भएको देखिएको र अन्य जिल्लामा उल्लेख्य मात्रामा अनुदान वितरण भएको छैन’, बजेट माग गर्दै कृषिले अर्थलाई पठाएको पत्रमा भनिएको छ, ‘पूरै अनुदान रकम नपठाउँदा विवाद उत्पन्न भएको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दासमेत सबै रकम नपठाएसम्म वितरण गर्न नसकिने जानकारी प्राप्त भएको छ।’

कृषि मन्त्रालय स्रोतका अनुसार अर्थले पहिलो चरणमा निकासा गरेको बजेट ९२ करोड चार लाख रुपैयाँमध्ये करिब ८० प्रतिशत वितरण भइसकेको अवस्थामा दोस्रो चरणमा ४१ करोड ४९ लाख रुपैयाँ निकासा गर्ने शर्त अघि सारेको छ। मन्त्रालय स्रोतले भन्यो, ‘अर्थले पहिले गरेको विनियोजित रकम कहाँ कति खर्च भएको सम्पूर्ण विवरण माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...