HomeFeatureउडानहरुले बढी भाडा लिएको सम्बन्धमा, संसदीय समितिको चासो

उडानहरुले बढी भाडा लिएको सम्बन्धमा, संसदीय समितिको चासो

काठमाण्डौं, 2 अगस्त, 2021

कोभिड–१९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ ।प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोभिड–१९ महामारीको बेलामा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा चासो राख्दै सरोकारवाला निकायसँग छलफल गरेको छ । छलफलका क्रममा सांसदहरुले वायु सेवा कम्पनीहरुले सेवा भाव नराखी महामारीको बेलामा उपभोक्ताहरुसँग बढी भाडा असुलेको बताएका छन् भने वायु सेवा सँग सम्बन्धित सरोकारवाला अधिकारीहरुले भने बजारमा आएजस्तो बढी भाडा नलिएको र अनियमितता नभएको बताएका छन् ।नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले वायु सेवाहरुलाई व्यापारिक रुपमा हस्तक्षेप गर्ने अधिकार प्राधिकरणको नभएको बताउनु भयो । उहाँले कोभिड–१९ महामारीको समयमा वायु सेवाले बढी भाडा लिएको २४ वटा गुनासो आएको र त्यसउपर छानविन भइरहेको बताउनुभयो ।नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले निषेधाज्ञाको समयमा वायु सेवा निगमले बढी भाडा नलिएको बताउनु भयो । उहाँले आफुहरुले मौकाको फाइदा उठाउने हिसाबले काम नगरेको भन्दै यसबारे निगमबारे कुनैपनि प्रकारको गुनासो नभएको पनि स्पष्ट पार्नुभयो ।सांसद देवेन्द्र पौडेलले नेपाली नागरिकहरुलाई आपत परेको बेलामा वायु सेवाहरुलाई मानविय भावनाले काम गर्न नसकेको बताउनुभयो । वायु सेवा निगम घाटामा गए सरकारलाई भन्नुपर्ने र भाडाले संस्था धान्छु भनेर नहुने उहाँले बताउनुभयो । आगामी दिनमा वायु सेवाहरुले कमजोरी सच्याउनुपर्ने उहाँले बताउनुभयो ।सांसद सन्तकुमार चौधरीले वायु सेवा कम्पनीहरुले दलालमार्फत् टिकट बिकाउनु नहुने बताउनुभयो । यसले भाडा बढी पर्न गएको हुनाले ट्राभल एजेन्सीलाई कमिशन दिएर टिकट विकाउने काम बन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।सांसद प्रमोद साहले वायु सेवा कम्पनीको मनपरी भाडा लिने दादागिरी र हैकमवादी प्रवृत्तिका विरुद्धमा सांसद बोल्दा सांसद विरुद्ध मुद्धा चलाइएको भन्दै सर्वसाधारणले झनै बोल्न नसक्ने उहाँले बताउनुभयो । महामारीको समयमा नाफामुलक हिसाबले काम गर्ने वायु सेवा कम्पनीहरुलाई सरकारले कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले महामारीको समयमा हवाइ उडानमा हुने अनियमितता बारे जानकारी दिन मन्त्रालयले सुचना जारी गरेको जानकारी दिदैँ दुई वटा ट्राभल एजेन्सीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बताउनुभयो । गुनासोहरुको अध्ययन गर्दै समस्या समाधान गर्न छानविन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने उहाँले बताउनुभयो ।उहाँले आगामी दिनमा हवाइ उडानलाई कसरी आम उपभोक्तामाझ सहज बनाउन सकिन्छ भन्ने सम्बन्धमा मन्त्रालयले ध्यान दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...