मेलबोर्न, १९ फरवरी, २०२०
अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोकिएका छन् ।दुई विमान ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
दुबै बिमानमा एक\एक जना पाइलट र एक\एक जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् ।









































