दिल्ली, 13 अक्टूबर 2022
उत्तर कोरियाले दुईवटा लामो दुरीको रणनीतिक ‘क्रुज मिसाइल’ प्रहार गरेको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको निरीक्षणमा नै दुईवटा मिसाइल प्रक्षेपण गरिएको हो। बुधवार भएको प्रक्षेपणलाई उत्तर कोरियालाई आफ्नो सैन्य क्षमता बढाउने रणनीतिका रुपमा व्याख्या गरेको छ। पछिल्लो समय उत्तर कोरियाले मिसाइल प्रहार गर्ने क्रमलाई तिब्रता दिएको छ। उत्तर कोरियाले आउने पाँच वर्षमा आफ्नो पहिलो आणविक परीक्षण गर्नसक्ने बताइएको छ।
बुधवार प्रक्षेपण गरिएको क्रुज मिसाइलले २ हजार किलोमिटरको दुरी यात्रा गरेको थियो।









































